म्याग्दीको मराङमा पहिरोमा पुरिएर सातजना बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २६ गते ७:४९
सांकेतिक तस्बिर

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा गएराति गएको पहिरोमा पुरिएर सातजना बेपत्ता भएका छन्।

घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको  सातजना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार १५ जना पहिरोमै फसेका छ्न। उनीहरुको उद्दार कार्य जारी छ। हेलिकप्टर जाने तयारी भएपनि खराब मौसमका कारण उड्न सकेको छैन।

यस्तै रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको ढकालले बताए।

प्रकाशित : २०७७ असार २६ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI