बाह्रविसेको पहिरो हेर्न आधा दर्जन हेलिकोप्टर, सभामुख मन्त्रीसहित ९ जना नेता सवार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २६ गते २०:०५

सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बुमा विहिवार गएको पहिरोले १४ भन्दा बढी घर बगायो । २० जना वेपत्ता भएका छन भने दुई जनाको मृत्यु भएको थियो । वेपत्ताको अवस्था अझै अज्ञात रहेको गाउँपालिकाले जनाएको छ । जम्बु क्षेत्रमा विहिवार नै ६ वटा हेलिकप्टर अवतरण भए । बाढिको प्रकोपमा परेर राहात र उद्दारका लागि ती हेलिकप्टर बाह्रविसेको जम्बुमा पुगेका थिएनन् । उनीहरु पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि गएका शक्तिशाली मान्छेहरु थिए ।

राजधानी काठमाडौंबाट करिब करिब एक डेढ घण्टामा सडक यात्राबाट सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा पुगिन्छ । तर खराब मौसमका बीचमा पनि शक्ति प्रर्दशन गर्नैका लागि सभामुख, मन्त्री तथा नेकपा र नेपाली कांग्रेसका नेतहरु हेलिकोप्टरमा बाह्रविसेको जम्बुमा उत्रिएका थिए । अवतरण भएका ६ वटा हेलिकप्टरले पहिरो प्रभावित क्षेत्रबाट जम्मा जम्मी ३ जना विरामीलाई उद्दार गरेर राजधानी ल्याएका छन् ।

सिन्धुपाल्चोकका सांसद एंव प्रतिनीधिसभाका सभामुख अग्नी सापकोटा एउटा हेलिकोप्टर लिएर पहिरो प्रभावित क्षेत्रमा पुगे । त्यसै गरि बाग्मती प्रदेशका तीन जना मन्त्री अर्को हेलिकोप्टर लिएर बाह्रविसे पुगेका थिए । बाह्रविसे पुग्ने प्रदेश मन्त्रीहरुमा युवराज दुलाल, शालिकराम जम्मरकट्टेल र अरुण नेपाल हुन् । उनीहरु तीन जना हेटौडाबाट बाह्रविसेसम्म हेलिकोप्टरमा पुगेका हुन् ।

त्यसैगरि पूर्वमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत अर्को हेलिकोप्टरमा बाह्रविसे पुगे । तर बस्नेत र अर्को कांग्रेसका नेता विष्णु खत्री समेत एउटै हेलिकोप्टरमा जान सकेनन् । बस्नेतले एउटा र खत्रीले अर्को हेलिकोप्टर प्रयोग गरेर बाह्रविसे पुगे । खत्री नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभामा गत आम निर्वाचनमा उमेदवार बनेका थिए ।

त्यसैगरि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) र नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल अर्को हेलिकोप्टर प्रयोग गरेर बाह्रविसे उत्रिए । सापकोटा सभामुख सापकोटाका भतिजा हुन् । त्यसैगरि हेलिकोप्टरबाट बाह्रविसे उत्रनेमा भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल हुन् । उनी तत्कालिन माओवादीका तर्फबाट गाउपालिका अध्यक्षमा निर्वाचिन भएका हुन् ।

हेलिकोप्टरबाट बाह्रविसे उत्रने ९ जना नेताहरु मध्ये ७ जना नेकपाका नेताहरु हुन् । उनीहरु मध्ये तीन जना वाग्मती प्रदेशका मन्त्री हेटौडाबाट बाह्रविसे पुगेका हुन् । बाँकी सवै काठमाडौंबाट बाह्रविसे पुगेका हुन् । त्यसैगरि कांग्रेसका नेताद्धय बस्नेत र खत्री पनि काठमाडौंबाट बाह्रविसे पुगेका हुन् ।

काठमाडौबाट झण्डै डेढ घण्टाका सडक यात्राबाट पुगिने स्थानमा पाँच पाँच वटा हेलिकोप्टर लिएर पुगेको विषयलाई आम नागरिकले नेताहको शक्ति प्रर्दशनका रुपमा लिएका छन् ।

प्रकाशित : २०७७ असार २६ गते २०:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI