पश्चिम नवलपरासीमा बाढीले दुई पुल भासिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २६ गते २१:०१

परासी ।अबिरल वर्षाका कारण आएको बाढीले नवलपरासीको प्रतापपुरमा दुई पुल भासिएका छन् । रायपुरा खोलामा आएको बाढीले प्रतापपुर गाउँपालिका ८ फट्की टोलमा रहेका पुल भासिएका हुन् ।

पुल भासिँदा उक्त पुलबाट आवत जावत बन्द भएको स्थानीयले बताएका छन् । खेत र पोखरीमा बाढी पसेपछि माछा बगाएको छ भने धान खेत डुबानमा परेको छ । भारी वर्षाका कारण प्रतापुर गाउँपालिकाका वडा नंं ३ र ८ मा रहेका आधा दर्जन गाउँ डुबानमा परेका छन् ।

बाढीले बाँधसँगै सडकसमेत कटान गरेको छ । रायपुर खोलाले सडक कटान गरेपछि उक्त सडकमा समेत आवतजावत बन्द भएको गाउँपालिकाकी उपाध्यक्ष अञ्जु चौधरीले बताइन् । बाढीका कारण दुई पुलबाट आवतजावत गर्न नमिल्ने गरी भासिएको उनले बताइन् ।

प्रकाशित : २०७७ असार २६ गते २१:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI