गैंडाकोटमा बाढिले डाइभर्सन बगायो, पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २७ गते ८:१२
सांकेतिक तस्बिर

नवलपुरको गैंडाकोट स्थित थुम्सी खहरेखोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। आज करिव बिहान ४ बजेको समयमा खहरेखोलाले बाटो बगाएसँगै सडकमा यातायात आवागमन अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो। 

खहरे खोलासँगै आएको बाढिले थुम्सी स्थित सडकको डाइभर्सन बगाएसँगै अहिले महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड सबारी आबागमन पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक शिघ्र संचालनका लागि पहल भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

प्रकाशित : २०७७ असार २७ गते ८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI