नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ३८ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २७ गते १८:०४

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । काठमडौं १० का वर्ष ६० का पुरुषको, सिन्धुपाल्चोकका ४५ वर्षका पुरुषको र काठमाडौं गोकर्ण ४ का ५४ वर्षका एक पुरुषको उपचारका क्रममा कोरोनाबाट मृत्यु भएको हो । 

कोरोना संक्रमित १६ हजार ७१९ पुगेका छन् । शनिबार भने ७० जनामात्र संक्रमित थपिएका छन् । 

त्यसअघि शुक्रबार ११८ जना थपिएका थिए । पीसीआर परीक्षण निकै कम गर्दै गएका कारणले गर्दा संक्रमित घट्दै गएको दावी चिकित्सकहरु गर्दछन् । 

अहिलेसम्म ८ हजार ४४२ जनालई निको भएको छ । शनिबार ४३१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार २३९ जनामा कोरोना सक्रिय रहेको बताएको छ । 

प्रकाशित : २०७७ असार २७ गते १८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI