अवैध मृगौला प्रत्यारोपणको आरोपमा पुरानो मेडिकल कलेज चितवनका ४ डाक्टर पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २७ गते २२:१४

चितवन । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले भरतपुरको पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई पक्राउ गरेको छ । यद्यपि यसको विषयमा प्रहरीले आइतबार मात्रै पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने जनाएको छ ।

पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा.राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले नि पक्राउ परेका छन् ।

कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई लामो समयको अनुसन्धापछि पक्राउ गरिएको जनाइएको छ ।  कलेजका संचालक भी नटराज र नगेन्द्र पम्पाटी हुन ।


-नारायणी अनलाइनबाट

प्रकाशित : २०७७ असार २७ गते २२:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI