केही तत्व ओली र मलाई उचाल्न सक्रिय छन् : नेकपा अध्यक्ष प्रचण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २८ गते ७:१५
नयाँ सरकारको नेतृत्वबारे बोले ...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागिपरेको बताएका छन् ।

बाढी प्रभावित माडीका विभिन्न क्षेत्रको निरीक्षण पश्चात आज नेकपा माडीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘केही तत्वले कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं’, भने ।

सोही अवसरमा उनले पार्टी नफुट्ने पनि दाबी गरेका छन् । उनले भने, ‘पार्टी कुनै पनि हालतमा फुट्दैन ।’ उनले पार्टी फुटिहाल्यो जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री कार्यकर्तालाई एक ढिक्का हुन आग्रह गरे । ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं, अध्यक्ष प्रचण्डले भने’, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’ चितवनबाट निर्वाचित सांसदसमेत रहेका प्रचण्डले मेघौली क्षेत्रमा बाढीले गरेको कटानको पनि निरीक्षण गरे ।

प्रकाशित : २०७७ असार २८ गते ७:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI