गैंडाकोटमा ५ सय घर डुबानमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २८ गते ८:४०

नारायण शर्मा
नवलपुर : गैडाकोट नगरपालिकाका तिनवटा वडा डुबानमा परेका छन । ३ दिनसम्म परेको झरीले गैडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांस घर डुबेको हो । सबै भन्दा बढि वडा नम्बर वडाका घर डुबेका छन । त्यहा २ मिटर सम्म डुबेको छ । 

त्यसक्षेत्रमा आकाशवाट परेको पानीले निकास नपाउदा ४ सय ९३ घर डुबानमा परेका छन । त्यस क्षेत्रमा लगाइएको धान र मकैवाली पनि डुबेको छ । लगातारको वर्षादले शनिवार राति २ बजे ३ वटा वडाका ११ गाउ बुवानमा परेको हो ।

वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण न्यौपानेले बाढिले निकास नपाउदा करिब ५ सय घर डुबानमा परेको जानकारी दिए । उनले आइतवार बिहान डोजर लगाएर पानीको निकास निर्माणको काम थालेको जानकारी दिए ।

५ सय घर २ मिटर भन्दा बढि डुबेको छ । स्थानियका खाद्यान्न , लुगाफाटो भिजेको छ। स्थानिय बासिन्दा एकदेब रिमालले कालीगण्डकी चोक देखि उत्तर तर्फका घरहरु बढि डुबानमा परेको र स्थानियहरु घरको माथिल्लो तलामा सर्ने काम भैरहेको जानकारी दिए । प्लटिंग गरेका घर घडेरीमा पानीकालागि नाला नबनाइएको र समथर भूभाग भएका कारण वाढिले निकास नपाउदा समस्या देखिएको हो ।

प्रकाशित : २०७७ असार २८ गते ८:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI