आजको बाढीको पुर्वानुमान: कहाँ कहाँ छ जोखिम ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २८ गते ९:४९

काठमाडौ । आज कोशी, कमला, बागमती र नारायणीमा बहाव सतर्कता आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काईमा जलस्तर खतरा तहसम्म पुग्न सक्ने छ ।

प्रदेश १, २ र ५ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी हुने उच्च सम्भावना रहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा जिल्ला लगायत प्रदेश २ भई बहने साना नदीमा बहाव उच्च हुने महाशाखाको भनाइ छ । तराईको डुबान भइरहने होचा स्थानमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

रातिदेखि नै ईलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र आसपास मध्ययमदेखि भारी वर्षा भएकोले विरिङ, निन्दा, कन्काई, मावा–रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया र आसपासको तटिय क्षेत्रमा रहनेलाई पूर्वसूचनाको एसएमएस पठाइएको छ ।

प्रकाशित : २०७७ असार २८ गते ९:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI