नवलपुरमा थप ४७ जना कोरोना संक्रमण मुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २८ गते १७:००

कावासोती । नवलपुरमा थप ४७ कोरोना संक्रमण मुक्त भएका छन् । रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा रहेका संक्रमितहरुबाट गत शुक्रबार संकलित १ सय ७ स्वाब पोखरा स्थित प्रादेशिक प्रयोगशालामा पठाइएकोमा परीक्षण गरिएका ६३ मध्ये ४७ जनाको नतिजा नेगेटिभ आएको हो ।

यस्तै देवचुली नगरपालिकाकाका एक जना ७० वर्षिय पुरुषको कोरोनाको संकामा परीक्षण गरिएकोमा नतिजा नेगेटिभ आएको छ । उनी चिकित्सालयको आइसोलेसनमा रहेका बिरामी भने होइनन् ।

परीक्षणका लागी पठाइएका अन्य ४४ को नतिजा आउँन बाँकी रहेको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए ।

कोरोना संक्रमण मुक्त हुनेहरुमा बिनयी त्रिवेणी गाउँपालिकामा ४ जना, मध्यबिन्दु नगरपालिकामा ३ जना, हुप्सेकोट गाउँपालिकामा ११ जना, कावासोती नगरपालिकामा १३ जना, देवचुली नगरपालिकामा ५ जना, बौदीकालि गाउँपालिकामा ३ जना, बुलिंगटार गाउँपालिकामा ४ जना र गैंडाकोट नगरपालिकामा ४ जना रहेका छन् ।

यो सँगै नवलपुरमा निको हुनेको संख्या १ सय ५२ पुगेको छ ।

प्रकाशित : २०७७ असार २८ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI