फाईल तस्बिर
तनहुँमा पहिरोमा पुरिएर पाँच् जना बेपत्ता भएका छन्।
ऋषिङ गाउँपालिका-८ मा सोमबार बिहान गएको पहिरोमा परेर दुई घरका पाँच जना हराएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले आयोमेललाई जानकारी दिए।
हराइरहेकाको खोजी भइरहेको छ।
साथै पृथ्वीराजमार्ग अन्तर्गत दमौली खण्डमा खसेको पहिरोले आवतजावत प्रभावित बनेको उनले जानकारी दिए।
अधिकारिका अनुसार वर्षाका कारण ठाउँठाउँमा बिजुलीको पोल ढलेका छन्।
प्रकाशित : २०७७ असार २९ गते ९:२५
Facebook Comment