No ads found for this position

नवलपुरको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २९ गते १६:०८
No ads found for this position
No ads found for this position

कावासोती । नवलपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत २२ वर्षिय महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको मध्यविन्दु नगरपालिकाले जनाएको छ ।

पोखरा स्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोना संक्रमित स्वास्थ्यकर्मी महिला गत असार १५ गते देखी जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा काजमा रहेको र उनी समुदायको सम्पर्कमा नरहेकी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित : २०७७ असार २९ गते १६:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI