साधना लघुवित्तको आईपीओमा ८५ प्रतिशत आवेदकको हात खाली

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २९ गते १९:३७

साधना लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ। ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन भने बाँकी आवेदकले सेयर प्राप्त गर्न सकेका छैनन् । आईपीओमा आवेदन दिने आवेदकमध्य ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ।

लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । लघुवित्तको आईपीओमा साधारण सेयर भरेका ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो । कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो । 

लघुवित्तको आईपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो। लघुवित्तको आईपीओमा आवेदन गर्ने ७९१ वटा आवेकको आवेदन रद्द भएको छ ।

प्रकाशित : २०७७ असार २९ गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI