अजोड इन्स्योरेन्सको आइपिओमा अहिलेसम्मकै धेरै आवेदन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३० गते ११:०७

अजोड इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओमा अहिलेसम्मकै सबैभन्दा धेरैको आवेदन परेको छ। कम्पनीको आइपिओमा ५ लाखले आवेदन दिएका छन्। यसभन्दा अगाडि निष्काशन भएका आइपिओमा साढे चार लाखभन्दा माथिको आवदेन परेको थिएन।

५ लाख आवेदकले एक करोड ८० लाख कित्ताभन्दा बढीको लागि आवदेन दिएका छन्। कम्पनीले माग गरेको भन्दा ६.१ गुणा बढी आवेदन परेको हो। बिमा कम्पनीले दोस्रो बजारमा लिने बजार मूल्यको आकलन गर्दै आकर्षण देखिएको हो।

कम्पनीले सर्वसाधारणतर्फको ३० लाख कित्ता आइपिओ निष्काशन गरेको हो। असार २५ गतेदेखि निष्काशन गरेको आइपिओमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ।

प्रकाशित : २०७७ असार ३० गते ११:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI