ओलिको राष्ट्रवाद लेन्डुप पथमा: तरुण नेता सुरज गुरुङ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३० गते १३:०३

कावासोती : नेपाल तरुण दलको केन्द्रीय पार्षद तथा नवलपुर काँग्रेसका युवा नेता सुरज गुरुङले प्रधानमन्त्री केपि ओलिको राष्ट्रवादलाई लेन्डुप पथको राष्ट्रवादको संज्ञा दिएका छ्न ।सोमबार आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तिको कार्यक्रममा प्रधानमन्त्री ओलिले भारतले नक्कली अयोध्या बनाएर सांस्कृतिक अतिक्रमण गरेको र भगवान राम नेपालको बताए पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृतमा यस्ले चर्चा पाएको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको विषयमा विभिन्न सामाजिक सन्जालमा विभिन्न चर्चा परिचर्चा भएका छ्न । यसै सन्दर्भमा जोडिएर नेपाल तरुण दलको केन्द्रीय पार्षद तथा नवलपुर काँग्रेसका युवा नेता सुरज गुरुङले लेखेको एउटा लेखमा प्रधानमन्त्री ओलि को राष्ट्रवाद लेन्डुप पथको बताईएको छ । पढौं नेता गुरुङको लेख …

सिक्किम भारतमा विलय हुनु भन्दा अगाडि त्यो देशको सबैभन्दा ठूलो राष्ट्रवादी नेताको रुपमा लेण्डुप दोर्जे उदाएका थिए । त्यही ढोंगी राष्ट्रवादको खोल ओढेर लडेको निर्वाचनमा उनले अप्रत्याशित नतिजा ल्याए र बिना प्रतिपक्षको सरकारको प्रधानमन्त्री बने । फलस्वरूप उनको सरकारले केही समय पश्चात् सिक्किमलाई भारतमा विलय गराए ।


हिजो भारतसँग राम्रो सम्बन्ध रहेको केपि ओली ज्यूले आज आएर प्रधानमन्त्री जस्तो गरिमामय कुर्सीबाट भारत विरुद्ध उटपट्याङ, अपुष्ट, अप्रमाणित र उपहासपूर्ण बयानबाजी गरेर शक्तिशाली छिमेकी जोसंग हामी लगभग धेरै हदसम्म थुप्रै कुरामा निर्भर छौं, उसैसंग सम्बन्ध सुधार्नु भन्दा पनि झन् बिगार्न तिर लागेको हो कि जसबाट उनी आम नेपालीहरुको एण्टि भारत सेण्टिमेण्टमा हिरो पनि बन्ने र कालान्तरमा भारतसँग नेपालको सम्बन्ध पूर्णरुपमा बिग्रेने र नेपालीहरु भोक र समस्याले मर्ने, कि त भारतसँग आत्मसमर्पण गर्ने अनि भारतको बिस्तारवादको सिकार बनाउने रणनीति पो हो कि ??


राष्ट्रवादको नाममा प्रधानमन्त्रीका वचन/कर्मले सीमा नाघ्दैछन् । हामी आंसिक रुपमा समेत आत्मनिर्भर नहुँदै संसदमा ‘सिंहमेव जयते’ र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश/संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ ।


राजनीति र कूटनीति भन्दा धेरै माथि रहेको धार्मिक आस्था प्रती लक्षित उपहासपूर्ण बयान तथा वहाँका देशकै साखमा आँच पुग्ने खाल्को विभिन्न अभिव्यक्तिले अप्ठ्यारोमात्रै पार्ने भएकोले वहाँलाई छाडा छोड्नु अब खतरनाक हुनसक्छ किनकी परआस्रित कमजोर मुलुकको सच्चा राष्ट्रवादि नेताले त चलाखीपूर्ण ढंगले आफ्नो समस्या सुल्झाउन तिर लाग्छ, आफ्नो मुलुकको साख जोगाउन तिर लाग्छ ।

प्रकाशित : २०७७ असार ३० गते १३:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI