प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय नभएको परराष्टको स्पष्टीकरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३० गते १८:५७

परराष्ट्र मन्त्रालयले अयोध्या बारे प्रधानमन्त्री केपी शर्मा ओलिको अभिव्यक्ति प्रति स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’

ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।

https://mofa.gov.np/statement-on-clarification/

प्रकाशित : २०७७ असार ३० गते १८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI