बाढीकाे कारण पश्चिम नवलपरासीको जनजिवन कष्टकर बन्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३१ गते ११:२१
बाढीकाे कारण पश्चिम नवलपरासीको जनजिवन कष्टकर बन्दै

उमेश बि.क / नवलपरासी

पांँच दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् ।

सरावल गाउँपालिका वडा नं. ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँहरु डुबानमा परेका हुन् ।

पाँच दिनदेखि परेक बर्षाका कारण साे क्षेत्र डुबान हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको छ । पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।

डुवानका कारण सरावल गाउँपालिका ६ खडाैना ,मधवलिया, नाैडिहवा गरि ३० तथा पाल्हिनन्दन गाउँपालिका १ शंकरपुरमा करिब १५ घरहरुमा पानी पसेको छ । घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी अाउने तथा फाेहाेर पानीको कारणले गर्दा शरीर चिलाउने गरेको स्थानीयले जानकारी दिएका छन ।

झरही नदि र धनेवा नदिकाे कारणले पानीले निकास नपाएकाले गाउँमा पानी पस्दा डुबानमा परेको हो। साे क्षेत्र डुबान हुँदा हाटबजारकाे समस्या तथा बिरामी पर्दा एवम् सुत्केरी हुदा डुङ्गाबाट गाउँ बाहिर जानुपर्ने अवस्था रहेकाे नाैडिहवा निवासी तुफानि चाैधरीले जानकारी दिनुभएको छ।

जनप्रतिनिधिहरुले दीर्घकालीन समाधानको उपाय नअपनाउँदा हामी सधैंभरि बाढीको त्रासमा बस्नुपरेको दिपक क्षेत्रीले बताएका हुन । गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । बाटाे तथा खेतमा जलमग्न भएको हुनाले हजारौं बिगहा क्षेत्रफल भित्र धान नहुने सम्भावन धेरै रहेकाे लक्ष्मीकान्त चाैधरीले जानकारी दिनुभएको हाे । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।

घरभित्र पानी पस्दा अन्न र पशुचौपाया जोगाउन धौधौ परेको सरावल ६ की सिन्धुलि कुर्मीले बताउनुभएको हाे। त्यस्तै मैनुदिन चुरिहार भन्नुहुन्छ बाढिकाे समस्याबारे सम्बन्धि वडा अध्यक्षलाई भन्दा म के गर्नसक्छु जवाफ दिने गरेको बताउनुभएको हाे ।

पानीको कारणले गर्दा सर्प तथा किरा फट्याङ्ग्रा बढेकाे र २ जनालाई सर्पले डसेकाे घनश्याम चाैधरीले बताउनु भएको छ । वर्षाले बहाव बढ्दै गएपछि अासपासका गाउँ त्रासमा रहेका छन ।

पश्चिम नवलपरासीको प्रतापपुर, सरावल ,पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दा सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।

साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।

बाढी यथास्थिति बुझ्न सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी , उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल,जिल्ला समन्वय समिति सदस्य अाशा चाैधरी,नेपाल रेडक्रस साेसाईटी बालपुरीशाखा अध्यक्ष प्रदिप अग्रहरी,नेपाली काङ्ग्रेस सभापति बिनाेद पाण्डेय, वडा नं. ४ सभापति जन्मेजय यादव ,महिला सन्जाल अध्यक्ष मिना चाैधरी ,खेलकुद संस्था अध्यक्ष महेन्द्र चाैधरी लगाएतले यथास्थिति बुझ्दै समस्या समाधान बारे पहल गर्ने तथा केन्द्रीय स्तरबाट गराउने प्रतिबद्धता ब्यक्त गरेका छन

प्रकाशित : २०७७ असार ३१ गते ११:२१
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI