हरियाली संस्थाद्धारा सरस्वती मा.वि कावासोतीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३१ गते १६:२८

वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आईरहेको हरियाली संस्थाले यो बर्ष बृहत् बृक्षारोपण कार्यक्रम संचालन गरिरहेको छ।

यसै सन्दर्भमा कावासोती नगरपालिका वडा नं. १७ स्थित सरस्वती मा.बि. मा बृक्षारोपण कार्यक्रम गरेको छ। यस विद्यालयको खाली जमिनमा बिभन्न प्रजातिका बिरुवाहरु रोपीएको हो।

अमला, लप्सी, कपुर, तेजपत्ता, धुपी लगायतका बिरुवाहरु रोपिएको यस विद्यालयका प्रध्यानाध्यापक फणीन्द्र पौडेलले बताउनु भयो।

हरियाली संस्थाको आयोजना र अन्य विभिन्न संस्थाहरुको सहकार्यमा यो कार्यक्रम आयोजना गरि बिभन्न स्थानमा यस्ता कार्यक्रम गर्दै आईरहेको हरियाली संस्थाले यस अधि मध्यबिन्दु नगरपालिकाको चोरमारा प्राथामिक स्वास्थ्य चौकी, देबचुली नगरपालिका को विभिन्न स्थान साथै कावासोति नगरपालिकाको अन्य विभिन्न बिधालयमा पनि बृक्षारोपण कार्यक्रम गरिसकेको छ।

आगामी दिनमा पनि जिल्लाका अन्य सार्वजनिक तथा निजी जमिनहरुमा बृक्षारोपण अभियान संचालन गर्ने सो संस्थाका अध्यक्ष एल. एन. दवाडीले नवलपुर टाईम्सलाई जानकारी दिनु भयो।

साथै यस हरियाली संस्थाले आफ्ना सम्पूर्ण सदस्य हरु लाई पनि बिरुवा बितरण गरेको समेत अध्यक्ष दवाडीले बताउनु भयो।

बृक्षारोपण कार्यले बाताबरण संरक्षणमा धेरै ठूलो टेवा पुग्ने बताउदै जिल्लाका विभिन्न स्थानका नर्सरिहरुबाट बिरुवाहरु संकलन गरि विभिन्न स्थानमा यो अभियान चलाईयको सो संस्थाका अभियान्ताहरुले बतायका छन्

प्रकाशित : २०७७ असार ३१ गते १६:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI