गैँडाकोटका ५ सुरक्षाकर्मी सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि, वडा नं. २ का मात्रै १० जना

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १ गते ५:५५

प्रकाश भण्डारी, गैँडाकोट

corona
corona

गैंडाकोट नगरपालिकामा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय शम्सेर मा.वि.मा हिजो असार ३० गते संकलन गरिएको स्वावमा ५ जना सुरक्षाकर्मी सहित १८ जनामा कोरोना संक्रमण पुष्टी भएको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो। 

संक्रमण पुष्टिहुने हरूमा गैँडाकोट नगरपालिका वडा नं. १ का १ जना, वडा नं. २ का १० जना, वडा नं. ४ का २ जना, वडा नं. ५ का १ जना, वडा नं. ६ का १ जना र वडा नं. ८ को ३ जना सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको नवलपुरका स्वास्थ्य शाखा प्रमुख केशव चापागाईले जानकारी गराउनुभयो।

संक्रमण पुष्टि हुनेहरू मध्ये १३ जना पुरुष र ५ महिला रहेका छन्। संक्रमितहरूलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ भने थप विवरण आउन वाँकी रहेको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो।

प्रकाशित : २०७७ साउन १ गते ५:५५
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI