गैंडाकोट नगरपालिका साउन ८ गते सम्मका लागि शिल

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १ गते १८:३०

गैंडाकोट । गैंडाकोट नगरपालिका ७ दिनका लागि शिल गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटका ५ जना प्रहरी र विदेशबाट आई होम क्वारेन्टाइनमा बसेका ७ जना सहित बिहीबार बिहान १८ जनामा कोरोना संक्रमण पुष्टि भए पछि गैंडाकोट नगरपालिका ७ दिनका लागि शिल गरिएको छ ।

आज बसेको बैठकले २ गतेदेखी ८ गतेसम्म ७ दिनका लागि शिल गरिएको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।


दुध र दुधजन्य ब्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधी पसल बाहेकका सेवाहरु बन्द गरिएका छन् ।

प्रकाशित : २०७७ साउन १ गते १८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI