मालपोत कार्यालय नवलपुरका जग्गादाता हरि गुरुको फेरि अर्को उदाहरणीय काम, व्यापारीले गरे सम्मान

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १ गते २१:४०

नारायण प्रभु साउन – १ कावासोती    

कावासोती २ सयपत्री चोक निवासी हरि प्रसाद अधिकारी(हरि गुरु)ले ब्यापारीहरुलाई ३ महिनाको भाडा छुट दिएर उदाहरणीय काम गर्नुभएको छ। नवलपुर जिल्लाको कावासोतीमा रहेको मालपोत कार्यालय निर्माण गर्न जग्गा दिनुभएका गुरुले अहिले सोही कार्यालय अगाडि आफैले निर्माण गर्नुभएको १० वटा सटरमा व्यापार गर्दै आइरहेका १० जना व्यापारीहरुलाई ३ महिनाको भाडा छुट दिनुभएको हो।

उक्त सटरहरुमा होटल व्यवसाय संचालन हुँदै आइरहेको थियो।लकडाउनको समयमा ३ महिना मालपोत कार्यालय पनि बन्द भएपछी निराश बनेका व्यापारीहरुले उहाँलाई अनुरोध गरेपछी एकै बचनमा छुट दिने घोषणा गर्नुभएको एक व्यापारीले बताए।हाम्रा समस्यालाई बुझेर लकडाउन अबधीभरको करिब १लाख ५० हजार जति भाडा छुट गरिदिनु भएको हुनाले हामी व्यापारीले उहाँले गर्नुभएको महानकार्यका लागि खुशी भएर सम्मान गरेका हौं न्यु गैंडाकोट पाण्डे खाजाघरका संचालक नारायण पाण्डेले बताउनुभयो।व्यापारीहरुले घरमा नै गएर उहाँ र उहाँकी धर्मपत्नी टीका कुमारी अधिकारीलाई सम्मान गरेका हुन।

सम्मान ग्रहण गर्दै गुरुले यस्तो विषम परिस्थितिमा हामी सबैले सबैलाई मानबताको व्यबहार गर्दै सहयोग गर्नुपर्ने बताउनु भयो।यो सम्मानले आफुलाई अझ सामाजिक कार्यमा अब्बल बनाउन प्रेरणा दिने उहाँको भनाइ रहेको थियो।

प्रकाशित : २०७७ साउन १ गते २१:४०

ताजा अपडेट

Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI