सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २ गते ७:२३

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउपालिका २ सुनटाडीमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । विनयी त्रिवेणी गाउपालिका २ सुनटाडी स्थित भित्री सडक खण्डमा दुम्किवासबाट सुनटाडी तर्फ जादै गरेको ना ३५ प ३७७३ नम्बरको मोटरसाइकल लाई सोहि दिसा बाट जादै गरेको बा १६ च ५०६७ नम्बरको स्कारपियो गाडीले पछाडीबाट ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बिहिवार राति ९ वजेको समयमा भएको दुर्घटनमा परि गम्भिर घाइते भएका मोटरसाइकल चालक बिनयी त्रिबेणी गाउपालिका ४ बस्ने ४८ वर्षिय रेशम गुरुङको उपचारका क्रममा गएराति मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सोहि मोटरसाइकलमा सवार बिनयी त्रिबेणी गाउपालिका ५ वस्ने २२ वर्षिय उर्मिला गाहा गम्भिर घाइते भएको जनाइएको छ । घाइतेको अहिले भरतपुरमा उपचार भइ रहेको छ ।

प्रकाशित : २०७७ साउन २ गते ७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI