नेकपा स्थायी समिति बैठक ३ बजे सम्मका लागि स्थगित , ओली-प्रचण्ड छलफलमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २ गते १२:४०

काठमाडौं । आज ११ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक ४ घण्टा सारिएको छ । बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

बैठक धकेलेर अध्यक्षद्वय केपी ओली र प्रचण्ड छलफलमा जुटेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।  स्रोतका अनुसार अहिले ओली र प्रचण्ड बालुवाटारमा छलफलमा बसिरहेका छन्।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक असार २० गतेदेखि पार्टीभित्रको विवादका कारण पटक–पटक सर्दै आएको छ। पछिल्लो पटक २६ गतेका लागि सारिएको बैठक देशभर भएका विपद्का घटनाको कारण देखाउँदै एकसाताका लागि सारिएको थियो ।

प्रकाशित : २०७७ साउन २ गते १२:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI