नेकपा स्थायी समितिको बैठक फेरि पनि स्थगित : अर्को बैठक ४ गते बस्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २ गते १३:०३

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सि असार ४ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।


तर अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छ्न ।

प्रकाशित : २०७७ साउन २ गते १३:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI