No ads found for this position

विश्वभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघ्याे

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ३ गते १०:५९
No ads found for this position
विश्वभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघ्याे
No ads found for this position

एजेन्सी– विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ६ लाख ६ सय ६५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

यस्तै विश्वभर काेराेना संक्रमितको संख्या १ करोड ४० लाख नाघेकाे छ। शनिबार बिहानसम्म संक्रमितको संख्या १ करोड ४० लाख ३७ हजार २१ पुगेको हाे। 

७८ लाख १८ हजार ४ सय ९ जना संक्रमित निको भइसकेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३६ लाख ३८ हजार २ पुगेको छ भने १ लाख ३९ हजार १ सय २८ को मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा २० लाख ४६ हजार ३ सय २८ संक्रमित छन् भने ७७ हजार ८ सय ५१ जनाको मृत्यु भएकाे छ।

भारतमा १० लाख ३ हजार ८ सय ३२ संक्रमित छन् भने २५ हजार ६ सय २ को मृत्यु भएकाे छ। रुसमा ७ लाख ५८ हजार १ संक्रमित छन् भने १२ हजार १ सय ६ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित : २०७७ साउन ३ गते १०:५९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI