नेकपा विवाद : दुई अध्यक्षले सहमतिमा टुंंग्याउने निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ३ गते २०:४८
नेकपा विवाद : दुई अध्यक्षले सहमतिमा टुंंग्याउने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको छ । शनिबार दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने  सहमति भएको छ ।’पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी सहमति जोखिने उनले बताए । 

आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा अध्यक्षद्वयबीच गृहकार्य भइरहेको उल्लेख गर्दै उनले विवाद समाधानका गरी पार्टी एकता सुदृढ बनाउँदै कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा सचिवालयमा छलफल भएको बताए ।

प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको विषय बैठकमा प्रवेश ग-यो की गरेन भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘राजीनामाको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन । पार्टीमा छलफलका क्रममा विभिन्न नेताहरुले के गरेर आजको संकट समाधान गर्न र जिम्मवारी पुरा गर्न सकिन्छ भन्ने बारेमा विचार राखनुभएको थियो । त्यो विचारहरु प्रस्ताव बनेको र निर्णयार्थ प्रस्तुत भएको अवस्था होइन् ।’


भोलिका लागि निर्धारत स्थायी कमिटी बैठक बस्ने श्रेष्ठले जानकारी दिए । असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नक्सदा आसर १८ गते यता बारम्बार स्थगित हुँदै आएको छ । प्रधामनमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले अडान दिएपछि विवाद चर्किँदै गएको छ । प्रधानमन्त्री ओलीले भने दुबै पद नछोड्न अडान राख्दै आएका छन् ।

बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर लागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक जारी रहेका बेला प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत बालुवाटार प्रवेश गरेका थिए ।

प्रकाशित : २०७७ साउन ३ गते २०:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI