चितवनको माडीमा अतिक्रमति घरटहरामा निकुञ्जले आगो लगायो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ४ गते १९:२८
डोटीको वडा कार्यालयमा अज्ञात समूहले ...

फाइल तस्विर

चितवन,साउन ४-

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी नगरपालिका–९, कुुसुमखोला भन्ने स्थानमा अतिक्रमित दुई घर टहरामा आगजनी गरेको छ । चार/पाँच वटा हात्तीमाआएको निकुञ्जका कर्मचारीले चेपाङ परिवारका दुई घरमा टहरामा आगजनी गरेको वडा अध्यक्ष शिवहरि सुवेदीले जानकारी दिए । उनले भने–‘घटना बारे मैले बल्ल आज जानकारी पाए, यस्तो विपद्को बेलामा त्यस्तो घटना हुनु दुःखद हो ।’

उनकाअनुसार अन्य घर पनि निकुञ्जले हटाएको छ । दुई वटा घर भने पूर्ण रुपमा नष्ट भएको छ । आगजनिले नागरिकतालगायत महत्वपूर्ण कागजात, अन्न र केहीनगद समेत जलेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

मध्यवर्ती क्षेत्रमा पर्ने कुसुमखोलामा २०४८ सालदेखि नै सो बस्तीमा १६० घरपरिवार रहेका थिए । त्यहाँबाट धेरै परिवार अन्यत्र बसाईसराई गरे पनि ११ परिवार अझै सोही स्थानमा बस्दै आइरहेका छन् । सुकुम्बासी बस्तीलाई व्यवस्थापनको तयारी भइरहेको बेलामा निकुञ्जबाट भएको यस्तो कार्य प्रति वडा अध्यक्ष सुवेदीले खेद प्रकट गरे । उनले भने–‘अहिले वर्षाका कारण बाढी पहिरोको जोखिम रहेका बेलामानिसको ओत लाग्ने घर नै भत्काउनु दुःखद हो, मानविय संवेदनाको पनि ख्याल गर्नु जरुरी छ ।’

कुसुमखोलाका सुकुम्बासीलाई व्यवस्थापन गर्नका लागि वडा नं.९ कै राईटोलमा नगरपालिकाले घर बनाउन लागेको थियो । तर त्यहाँ पनि घर बनाउन निकुञ्जले रोकेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए । उनले भने–‘मध्यवर्ती क्षेत्रभित्रको वस्तीलाई उठाएर हामीले राई टोलमा घर बनाएर सार्न लागेका थियौं, त्यहाँ पनि निकुञ्ज रोक्छ, पहिले बस्दै आएको ठाउँमा पनि रोक लगाउँछ, यो निकुञ्जको दादागिरी हो ।’

मेयर ढकालले यो समस्या समाधानका लागि केन्द्रीय सरकारबाटै दिर्घकालिन समाधन गर्नुपर्ने बताए । ‘माडीका हरेक क्षेत्र मध्यवर्ती क्षेत्र भित्र पर्छ, यहाँ ४२ सय घर छन्, कि त सबै भत्काउन सक्नु प¥यो, हैन भने चेपाङको घर भत्काउन छुट छैन ।’ मेयर ढकालले निकुञ्जसंग वर्षौदेखि माडीबासी लड्दै आइरहेको भन्दै अब सेनासंग पनि लड्ने दिनआएको बताए । ‘हामी विगतदेखि नै लडेको लडै छौं, अब सेनासंगै लड्नै दिन नआओस्’–मेयर ढकालले चेतावनी दिए ।

यता चितवन राष्ट्रिय निकुञ्जकाप्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भने निकुञ्जका कुनै पनि भूभाग अतिक्रमण हुन नदिने बताए । उनले नारायणी अनलाइनसंग भने–‘कुसुमखोलाको अतिक्रमित टहरा भत्काईएको हो, हामी पहिलेदेखि नै हट्न भन्दै आएका छौं ।’नारायणी अनलाईन बाट

प्रकाशित : २०७७ साउन ४ गते १९:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI