कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ४० लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते ८:०४
कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ४० लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ४० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ४३ हजार १७६ पुगेको छ ।
  
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । 

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ९७ हजार ५८३ पुगेको छ । 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित : २०७७ साउन ५ गते ८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI