साउनको सोमबार पहिलो पटक पशुपतिनाथ बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते ९:०७
साउनको सोमबार पहिलो पटक पशुपतिनाथ बन्द

काठमाडौं । आज साउनको पहिलो सोमबार । पशुपतिनाथमा भक्तजनहरु बढी हुने दिन । तर, यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपतिनाथ बन्द भएको छ ।
पशुपतिनाथ साउनभर खुल्ने हो या होइन निश्चित छैन । सरकारले लकडाउन ७ साउनसम्म कायमै राखेको छ । त्यसपछि के गर्ने तय गरेपछि मात्र पशुपतिनाथ खुल्ने नखुल्ने टुंगो लाग्नेछ ।

उता भारतमा पनि उत्तराखण्डमा पर्ने हरिद्वार र ऋषिकेषलगायतका मन्दिरहरु बन्द छन् । उत्तराखण्ड सरकारले हिजो र आज बाहिरबाट मानिसहरुलाई राज्यमा प्रवेश गर्न नै रोकेको छ । हरिद्वारमा आउन खोज्ने भक्तजनहरुलाई रोकेको छ

प्रकाशित : २०७७ साउन ५ गते ९:०७
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI