No ads found for this position

काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते १०:२३
No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । ‘सँगै हिँडिरहेका वेला उनी खोल्सातिर गएछन्’, गजुरेलले भने, ‘त्यति नै वेला माथिबाट पहिरो आएर थिचेछ ।

कराएपछि अरु पुगेर १० मिनेटमै निकालेछन् यद्यपि, ज्यान जोगिएन ।’नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।

प्रकाशित : २०७७ साउन ५ गते १०:२३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI