नारायणी नदिले खतराको चिन्ह पार गर्यो: सतर्क रहन प्रसासनको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते १३:३३
नारायणी नदिले खतराको चिन्ह पार गर्यो: सतर्क रहन प्रसासनको आग्रह

कावासोती । नारायणी नदिले खतराको चिन्ह् पार गरेको छ ।

दिउसो १:३० बजे पानीको सतह नारायणी पुलमा जलसतह ११.७३ मिटर पुगेको छ । जवकी जबकी ११ मिटरलाई सतर्कता तह मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केहि दिन भारी बर्षा हुने भएकाले देशभरकै नदि, खोलाको सतह बढने बताईएको छ ।


यस्तै देवघाटमा पनि जलसतह ८.५ मिटर पुगेको छ ।

जवकी जबकी ७.३ मिटरलाई सतर्कता तह मानिन्छ ।

पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित : २०७७ साउन ५ गते १३:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI