बारामा ९ जना जनप्रतिनिधि, १६ स्वास्थ्यकर्मीसहित ४३ जनामा देखियो कोरोना

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते १४:०३
बारामा ९ जना जनप्रतिनिधि, १६ स्वास्थ्यकर्मीसहित ४३ जनामा देखियो कोरोना

बारामा ९ जना जनप्रतिनिधि र १६ जना स्वास्थ्यकर्मीसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए।

यस्तै, स्थानीय तहका ५ जना कर्मचारी र स्वास्थ्यकर्मीका परिवारका ६ जना सदस्यमा पनि संक्रमण देखिएको छ।

बाँकी संक्रमित भने क्वारेन्टिनमा बसेका व्यक्ति हुन्।

संक्रमित सबै २० देखि ४० वर्ष उमेर समूहका छन्।

नारायणी अस्पतालमै गरिएको परीक्षणमा पर्साका ४ जना र सर्लाहीका ३ जनामा पनि संक्रमण देखिएको अस्पतालका चिकित्सक उदयनारायण सिंहले जानकारी दिए।

योसँगै प्रयोगशाला परीक्षण गरिएकोमध्ये ५० जनामा संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ साउन ५ गते १४:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI