पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि : १ सय ७३ जना निको भए

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते १६:३८
पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि : १ सय ७३ जना निको भए

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज सोमबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ।

सोमबार थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन्। 

मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रकाशित : २०७७ साउन ५ गते १६:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI