३८ औं बिपि स्मृति दिवसको अवसरमा अस्थायी कोरोना अस्पताल रजहरमा काङ्ग्रेस नवलपुर द्वारा फलफुल वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते १८:०१
३८ औं बिपि स्मृति दिवसको अवसरमा अस्थायी कोरोना अस्पताल रजहरमा काङ्ग्रेस नवलपुर द्वारा फलफुल वितरण

कावासोती । ३८ औं बिपि स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस नवलपुरले जिल्लाको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई सोमबार फलफुल वितरण गरेको छ ।

पार्टीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फलफुल वितरण गरिएको काङ्ग्रेस नवलपुरले जनाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति एबं माननीय विष्णु प्रसाद लामिछानेले कोरोना संक्रमित बिरामीहरुको शिघ्र स्वास्थलाभको कामना गर्दै फलफूल हस्तान्तरण गर्नुभएको हो ।


कार्यक्रममा काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरे ,कोषाध्यक्ष ओम प्रसाद सापकोटा , जिल्ला सदस्य धर्म बस्याल ,सीता कुवर , बि पि अध्ययन प्रतिष्ठान नवलपुरकि अध्यक्ष विष्णु देबी पाण्डे ,ट्रेड युनियन काङ्ग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुबेदी,नेपाल राष्ट्रिय मगर संघका जिल्ला सभापति इन्द्र फाल ,दलित संघ जिल्ला अध्यक्ष प्रकाश रसाइली ,नेपाली कांग्रेस नवलपुरका कार्यलय सचीव गोपाल बस्ताकोटी लगायतको उपस्थिति थियो ।

प्रकाशित : २०७७ साउन ५ गते १८:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI