तिब्बतको ताल फुट्ने सम्भावना, भोटेकोशी तथा बाह्रबिसे क्षेत्रमा बस्ती सार्न निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते २२:२४

तिब्बतको खासास्थित केरुङ च्छो ताल फुट्ने सम्भावना बढेपछि दुबै देशमा सतर्कता अपनाइएको छ। 

हिँजदेखिको अविरल वर्षापछि तालमा पानी भरिएको छ। ताल फुट्ने सम्भावना रहेको भन्दै तिब्बततिरका नागरिकलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सारिसकेको छ। 

सिन्धुपाल्चोक जिल्ला प्रशासनले पनि सतर्क रहन भोटेकोशी आसपासका नागरिकलाई अपिल गरेको छ। 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सूचना निकालेर भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकालगायत क्षेत्रका स्थानीय बजार तथा बस्ती बगाउनसक्ने भन्दै सचेत रहन अपिल गरेका छन्। 

‘चिनियाँ पक्षबाट पोखरी फुटनसक्ने आँकलन भएकालले बस्ती सार्न निर्देशन दिइएको हो’  प्रमुख जिल्ला अधिकारी ढकालले भने ‘फुटेमा भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्छ।’

सिन्धुपाल्चाेक एसपी प्रज्ज्वल महर्जनका अनुसार जाेखिमयुक्त क्षेत्रमा बसाेबास गरिरहेकालाई घर छाड्न अनुराेध गरिएकाे छ र प्रहरीले माइकि‌ङ गरेर सावधान गराइरहेकाे छ।

प्रकाशित : २०७७ साउन ५ गते २२:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI