नेपालमा अझै पाँच दिन भारी वर्षा हुने, सर्तक रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते २२:५८
फायल तस्वीर

काठमाडौं । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने मौसमविद् राजु प्रधानाङ्गले बताए ।

बुधबारबाट पश्चिमतर्फ केही कमी हुने भए पनि अन्य ठाउँमा ४–५ दिन यस्तै बाक्लो वर्षा कायम रहने देखिएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार अहिले बंगालको खाडीबाट आएको मौसम सक्रिय छ । 

प्रकाशित : २०७७ साउन ५ गते २२:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI