No ads found for this position

कोशी ब्यारेजका ४६ वटा ढोका खोलियो, स्थानीयलाई सतर्क रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते ८:४९
No ads found for this position
कोशी ब्यारेजका ४६ वटा ढोका खोलियो, स्थानीयलाई सतर्क रहन आग्रह
No ads found for this position

विराटनगर । अविरल वर्षाका कारण पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको छ । सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । जलस्तर बढेर बाँध भत्काउने र वस्तीमा पस्ने खतरा भएसँगै ढोका क्रमशः खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पानीको बहाव र त्यसको चापले नहरमा क्षति पुग्न सक्ने देखिएपछि पूर्व र पश्चिम नहरका ढोका भने बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहरका ढोका बन्द गरिएको हो ।

मंगलबार गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ । ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ । 

सप्तरी र सुनसरीका सप्तकोशी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् । 

प्रकाशित : २०७७ साउन ६ गते ८:४९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI