बुलिङटारमा पहिरोले घर पुरिँदा २ बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते ९:४६

फाइल फोटो

पूर्वी नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाको डाँडाझेरी टाँडीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका छन् ।

बुलिङटार गाउँपालिका २ डाडाझेरी टाँडीस्थित शेरबहादुर सार्कीको घर मंगलवार विहान पुरिँदा शेरबहादुर र उनकी श्रीमति बेपत्ता भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशी बस्ताकोटीले जानकारी दिए ।

बुलिङटारबाट प्रहरीटोली विहान घटनास्थलतर्फ गएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । पहिरोले पुरेको ठाउँमा पुग्न दुई घण्टा पैदल हिड्नुपर्ने भएकाले प्रहरी घटनास्थल पुगिनसकेको उनले बताए ।

प्रकाशित : २०७७ साउन ६ गते ९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI