No ads found for this position

बाढीले गण्डक बाँध नाँघ्न लाग्यो, सुस्ता क्षेत्र उच्च जोखिममा

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते १०:२७
No ads found for this position
बाढीले गण्डक बाँध नाँघ्न लाग्यो, सुस्ता क्षेत्र उच्च जोखिममा
No ads found for this position

चादनी हमाल/गोरखापत्र

लगातारको बर्षाले ठूला नदीको सतहले सतर्कता तह पार गर्दै केहीले खतराको तह समेत पार गरेको छ । जसका कारण तटीय क्षेत्र आसपासका वस्ती डुबानमा पर्न थालेका छन् ।
सबैभन्दा बढि खतरा यतिबेला नवलपरसी त्रिवेणी स्थित गण्डक नदीमा बढेको छ । बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनिल पोखरेलका अनुसार नारायणी नदीले खतराको तह पार गरेसँगै गण्डक बाँधमा बढेको बहावले बाँध नै नाघ्ने अवस्था आएको छ । “माथि देवघाटतिर आएको भन्दा पूर्वि राप्तीको बहावका कारण आज बिहानै गण्डकबाँधको पानीको सहता तीन फिटमथि बढेर पुल छुन पुगेको थियो,” उहाँले भन्नुभयो ।


यो मात्र हैन चितवनको सौराहाहुँदै बग्ने पूर्वी राप्ती ह्वात्तै बढेकाले त्यस क्षेत्र हुँदै जाने नदीको बहाव पनि नारायणीमा मिसिएर जलबहावलाई थप तीब्र बनाएको छ । पूर्वि राप्तीकै सहायक नदी माडीको रियु खोलामा बाढीले खतराको तह नाघेको छ । त्यस नदीसँगै स्थानीय खोलाको बाढी पनि नारायणी नदीमा मिसिदै त्रिवेणी पुगेकाले गण्डकबाँधबाट ओभरफ्लो हुने संकेत देखिएको पोखरेलले बताउनुभयो ।
त्यहाँ नारायणीकै बाढीमात्र जाँदा पनि त्यो बाँध र आसपासका क्षेत्र डुबानमा पथ्र्यो भने अझै पूर्वि राप्तीतिरबाट समेत अधिक जलबहाव भएपछि झन खतरामा पुगेको हो, उहाँले भन्नुभयो । जसका कारण सुस्ताक्षेत्रका नेपालतर्फका १२ गाउँमा बाढी पस्ने उच्च खतरा बढेको छ ।


कोशी नदीको बहाव पनि सतर्कता तह आसपास पुगिसकेको छ । कोशी बेसिनको सबैनदीमा बाढी बढेको छ । जसका कारण पूर्वि र पश्चिम भेगको बाँधमा बाढीले ठक्कर दिन थालेको छ ।
पश्चितिनर वुटवलको तिनाउ नदीमा बाढी बढेपछि त्यहाँको नदी तटीय क्षेत्रका बासिन्दालाई अलर्ट गराईएको छ । अबिरल बर्षाका कारण काठमाडौँ उपत्यकाको वाग्मती, बिष्णुमती, मनोहरा, हनुमन्ते लगायतका खोलाको सतह बढेर नदी छेउका वस्ती डुबानमा परिसकेको छ । मध्यान्हसम्म नदीको पानी ओभरफ्लो भएर सडकमा समेत पुग्नेक्रममा रहेको पोखरेलले जानकारी दिनुभयो ।
प्रदेश १ र २ का तराईका स्थानीय खोलाको बाढी बढ्नेछ । आज मध्याम्ह्पछि अन्यत्र केहीबेर बर्षा रोकिने सम्भावना रहेपनि नवलपरासी सीमाक्षेत्र आसपासमा बर्षा निरन्तर रहनेछ । जसका कारण पनि त्यो क्षेत्रमा डुबान र बाढी पस्ने खतरा रहेको छ ।


यतिबेला नारायणीको देवघाटस्थित स्टेसनमा बाढीले खतराको तहपार गरिसकेको छ । त्यहाँ खतराको तह ८ मिटर पार गरेर ९.८२ मिटर पुगेको छ । कोसीको पूर्विक्षेत्रको धनकुटा स्टेसनमा पनि खतराको तह पार गरेको छ । खतराको तह ११ मिटर पार गरेर ११.९७ मिटर पुगेको छ । यो सँगै नारायणीको उद्गनस्थल कालीगण्डकी क्षेत्रको तातोपानी स्टेसनमा भने सतर्कता तह पार गरेको छ । नारायणीकै नारायणगढ स्थित पुलमा सतर्कता तह पार गर्दै १२.५९ मिटर जलबहाव रहेको छ ।


पूर्वि राप्तीको मुख्य बहावक्षेत्र मकवानपुर हेटौँडाको रजैया स्थित स्टेसनमा पनि नदीको बाढीले सतर्कता तह पार गरेको छ । त्यहाँ ३.३६ मिटर माथि जलसतह पुगिसकेको छ । अझै बढ्ने क्रममा छ । यि सँगै तिनाउ, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, वाग्मती, कमला, कन्काइ लगायतका नदीको जल बहाव बढ्ने क्रममै रहेको छ । तर यि नदीले सतर्कता तह भने पार गरिसकेको छैन् । दिनभरमा सतर्कता तह आसपास पुग्ने जनाइएको छ ।


न्यून चापिय रेखा नेपालतिर सरेको अवस्था छ । जसका कारण देशभर हल्कादेखि मध्यम बर्षा निरन्तर रहनेछ । साथै केही भेगमा भारी बर्ष पनि हुने जनाइएको छ । आज सहित तीन दिन प्रदेश १, २, वाग्मती , गण्डकी क्षेत्र र प्रदेश ५ मा र कर्णाली तथा सुदुरपश्चिमका केही क्षेत्रमा भारी बर्षा हुुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

प्रकाशित : २०७७ साउन ६ गते १०:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI