मोबाइल मानिसको निकटतम साथी

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते १३:५७

श्रीधर लामिछाने

संचार पहिले र अहिले:-

नेपालमा मेसेन्जर को सहायताले एउटा साथी लाइ फोन गरें। सन्चो बिसन्चो पछाडी यो कोरोनाको लकडाउन भैरहंदा समय कसरि बिताउनु भएको छ? मैले सोधें।उत्तर दिंदै साथीले भने, के गर्नु फेसबुक चलायो, समाचार पढ्यो, मोबाइलले गर्दा समय कटाउन सजिलो भएको छ। कहिले युट्युब खोल्यो, कहिले रेडियो सुन्यो, यस्तै त हो, बडो मज्जा आएको छ। अनि मैले जिस्क्यौदै सोधे मोबाइल नभए कस्तो हुन्थ्यो होला हगी? ओहो मोबाइल नहुने हो भने त पागल हुन्थें होला म त उनले कुरा थप्दै भने। अझ कोरोनाले त के भन्नु र…। मलाई अचम्म लाग्यो फेरी भन्न मन लागेको थियो पहिले मोबाइल नहुँदा पनि त मान्छे बाँचेकै थियो नि। तर येसो हेर्छु हुन पनि घाँस काट्नेहरुको पनि साथमा मोबाइल छ। रिक्सा चालक संग होस् वा भारि बोक्ने संग होस् सबै का ठुला देखि साना, धनि देखि गरिब सम्म। ठुला व्यापारी, वा उच्च ओहोदाकाहरूको त कुरै नगरौं। पहाड होस् वा तराई, पुर्व होस् वा पश्चिम जहातहीं सबै संग मोबाइल।चालक देखि बालक सम्म सबैका सबै संग मोबाइल। पहिले फोन गर्न पी.सी.ओ. अफिस पुग्नु पर्थ्यो। फोनको पहुँच भएका धनी मानिसहरुकोमा पुग्नुपर्थ्यो। एम्बुलेन्स नै बोलाउन परे पनि हिँडेरै जानुपर्थ्‍यो। मलाई त्यति बेला लाग्थ्यो ओहो यो संचारको भाँडो फोन त सबैको घर घरमा भए पनि हुन्थ्यो। टेलीफोनको लाइन लिन घुस खुवाउनु पर्ने त्यो पनि ३-४ वर्षमा पालो आउने। अहिले जताततै सिम पाइन्छ। मोबाइल सेट सक्नेले गतिलो स्मार्ट फोन किन्छ नसक्नेले सामान्य सस्तो सेट किन्छ। काम चलिहाल्यो।

मोबाइलको प्रयोग:-

अहिले हालसाल भने स्मार्ट फोन् लिनेको संख्या ह्वात्तै बढेको छ। जसले पनि फेसबुक फ्रेन्ड बनाइहाल्छन्। अनि ट्वीटर, टिकटक, डूओ, भाइबर, मेसेन्जर, फेस टाइम आदि आदि के के हो केके? धेरै सुबिधा छन् मोबाइलमा। युट्युबमा त फिलिम नै हेर्न मरिहत्ते गर्छन। केवल वाइफाई चाहियो नभए डेटा प्रयोग गर्छन जहाँ चाह्यो ताहीं कुरा गर्न पाइने। आजकाल त स्मार्ट फोन भए पछी धेरै काम गर्न सकिन्छ।  अझ विकसित मुलुकमा जहाँ राम्रो विधि र संजाल छ त्यहाँ त मोबाइल-पे, डिजिटल विमा कार्ड, भिडिओ कन्फरेंसिंग वा भर्चुअल बैठक सभा सेमिनार समेत गर्न सकिने। यो कोरोना अवधिमा बैठक समेत यसरि नै गर्न सकियो, अझ आजकाल त मोबाइल चेकइन हुन्छ, कर्भ साइड पिकअप हुन्छ, मोबाइल ले नै रिमोट कन्ट्रोलको काम गर्न सक्छ। यी त भए मैले थाहा पाएका कुरा। मोबाइलको यो भन्दा धेरै काम मलाइ थाहा नभएको हुन् सक्छ।

मोबाईल मान्छे ठग्ने भाँडो मात्र बनेको छैन यसैमा निर्लिप्त भएर धेरै मानिसहरूले सामाजिक सम्बन्ध नै बिगारेका घटना पनि छन्। मैले धेरै पटक चावहिल बाट एयरपोर्ट तिर यात्रा गर्दै गरेको मान्छेले फोन आउँदा अहिले म बनेपा छु भनेको, कसैले अहिले म गजुरी छु भनेको सुनेको छु। प्याराप्यारीहरुले त एकातिर आफ्नो जोडीको गाला जोडेर गफ मारिरहेका हुन्छन् अनि घर बाट बा-आमाको फोन आउँदा मेरो क्लास सकिने बित्तिकै आउंछु भन्ने !!

यस्तो देख्दा मलाइ एक किसिमले हुने नहुने सबैले हुने नहुने सबै कुरा मोबाइलकै माध्यम बाट प्रयोग गरेको देख्छु। हुँदा हुँदा त अहिले स-साना वालवालिका पनि मोबाइलमा नै झुन्डिएका देखिन्छन। ६-८ महिनाका वच्चा लाइ खाना खुवाउन यसैको सहयोग लिएको देखिन्छ, धेरै आमा बुवाले। अनि युवा युवतीको त कुरै छोडौँ। उनिहरुको डेटिङ देखि टाढा टाढा भेटिंग सम्म सबै मिलाउने यहि मोबाइल सेट। अझ खेलमा सेटिंग मिलाउने काम पनि त यसैले सहज बनाउदो हो। लभ गर्न पनि यसैले सहज बनाएको होला। पहिले बलपेनको माध्यम बाट माया पिरती गाँसेर बिहे गर्ने पनि थुप्रै हुन्थे अहिले त झन् मोबाइल पाए पछी त के चाहियो र?  प्रतक्ष आँखा अगाडी वसेर कुरा गरे जस्तो।

संख्यामा मोबाइल :-

यसो मैले यस बारे कति मान्छे ले स्मार्ट फोन किने होलान? मोबाइल कति बने होलान? कति मान्छे संग मोबाइल होला भन्ने प्रश्न को जवाफ खोज्ने कोशिस गरें। जब मैले वेब साइट Statista भेट्टाएँ अनि त्यसमा उल्लेख गरे अनुसार अप्रिल २०२० को आंकडा अनुसार विश्वमा मोबाइल हुनेहरू ५.२८ बिलियन छन्। विश्वका ६७.९५ प्रतिशत जनसंख्या ले मोबाइलको प्रयोग गर्छ। त्यस मद्धे ४५.१५ % जनसंख्या संग स्मार्ट फोन छन्।  संसारमा जम्मा स्मार्ट फोन सेट ३.५  बिलियन छ जसले विश्वका ४५.०४% जनसंख्या समेटछ।

Statista कै विवरण अनुसार हेर्दा, मोबाइल बजारको हिसाबले हेर्दा संसारमा सबै भन्दा ठुलो एक नम्बरमा चिन छ भने दुइ नम्बरमा भारत र तिन नम्बरमा अमेरिका देखिन्छ भने दसौं नम्बरमा बेलायत देखिएको छ त्यस्तै गरि पचासौ नम्बरमा स्विजरल्याण्ड पर्दछ। जे भए पनि हाल विश्वमा स्मार्ट फोनको प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको छ। स्मार्ट फोन प्रयोग गर्दा यस बाट धेरै सुबिधा पाउन सकिन्छ। यसले धेरै वटा आवस्यकता पूर्ति पनि गर्छ।

यो अचम्मको भाँडो लाइ आजकाल जादुको भाँडो भने पनि हुने भएको छ। किनकि यसले धेरै वटा काम गर्छ जस्तै फोन, क्यामेरा, घडी र घडीको अलार्म, भिडियो प्रोजेक्टर, स्लाइड प्रोजेक्टर, टि.भी, पेडोमिटर, अल्टि मिटर, खोजकर्ता, अनुसन्धानकर्ता, रेडियो, शब्दकोश, खेलौना, चिठी, किताव, नोटबुक, कलम, क्याल्कुलेटर, रेकर्डर, कम्प्युटर, स्क्यानर आदि आदि। यति धेरै काम गर्ने भाँडो को काम ले नै यसको महत्व दर्शाउँछ। हुन पनि यो भाँडो नहुदो हो त कति धेरै समान बोक्नु पर्थ्यो होला मान्छेले। आजकाल यो एउटा भाँडो बोके पछी धेरै काम हुन्छ।

मोबाइल बाट बढेको पहुँच:-

तपाईँलाई फोन गर्न मन लाग्यो तुरुन्त फोन लगाउनुहोस संसारको कुनै पनि ठाउँमा फोन गर्न सक्नु हुन्छ। जति वेला चाहनु भए त्यति वेला अर्को तर्फ फोन उठाएमा कुरा गरिहाल्न सकिन्न्छ आजकाल। म त अचम्ममा  पर्छु। मान्छे ले के बुढा के तन्नेरी, के महिला, के पुरुष, सबै सबै यसको प्रयोग गर्न लालायित छन्। फोन मात्र गर्ने कहाँ हो र अहिले त तपाई प्रतक्ष अगाडी बसेर कुरा गरे जसरि वाइफाई वा डेटा को सहयोग बाट कुरा गर्न सकिन्छ। हामि त आभारी छौ यसको आविष्कार बाट यस्तो ठुलो सहयोग पुर्याएकोमा यसका अविष्कारकहरू प्रति। म सम्झन्छु मेरी एउटी बहिनि जो अहिले पोर्ट लैंड मा वस्छिंन, उनि भर्खर अमेरिका गएको बेला नेपालमा यस्तो मोबाइल र स्मार्ट फोन नहुदा मैले नेट फोन गर्न सिनामंगल बाट जाउलाखेल पुग्नु पर्थ्यो अनि प्रति मिनेट नब्बे रुपैया सम्म तिर्नु पर्थ्यो। ३ मिनेट कुरा गर्दा लौ घर खेत नै गैहल्छ जस्तो हुन्थ्यो । अनि हत्त पत्त फोन राखिन्थ्यो। त्यसो गर्दा पनि कहिले काहीं १-२ सेकेन्ड काटिन्थ्यो र ४ मिनेटको पैसा तिर्नु पर्थ्यो। अहिले सहज र सस्तो पनि भएको महशुस गर्छु मत। मलाइ थाहा छैन यो संचारको विकास कहाँ सम्म पुग्छ के सम्म अझै थप सुबिधा पाउछन मान्छे ले। जे भए पनि यसको सदुपयोग गर्न सके लाभ नै लाभ प्राप्त होला भन्ने ठान्छु।

तर अर्को पाटो बाट हेर्दा यो अनियन्त्रित ढंगले अघि बढी रहेछ। यसले राम्रो काम गर्ने लाइ पनि सघाएको छ र संगै नराम्रो काम गर्ने लाइ पनि सहयोग पुर्‍याएको छ। यसैको प्रयोग गर्नेले सुचनाको दुरुपयोग गरेर बैंक बाट धेरै ठुलो ठुलो रकम हजम गरेको पनि समाचारमा सुन्न र पढ्न परेको छ। यसै भाँडोको माध्यम बाट शरीर बन्धक गर्न सहयोग पुर्याएको, मानसिक पिडा दिन सहयोग गरेको, अर्काको फोटोको दुरुपयोग गरेको आदि धेरै गलत प्रयोग भएको पनि देखिन्छ। तर यदि यसको सदुपयोग गर्न सकेमा त शिक्षाको भण्डार छ, ज्ञानको खात छ यस भित्र, अध्ययन अनुसन्धान गर्ने कामको लागि ठुलो मद्दत प्राप्त गर्न सकिन्छ स्मार्ट फोंन्को माध्यम बाट।

मोबाइलको इतिहास:-

टेलिफोनको आविस्कार एडिनबरा, स्कटलैंड का अलेक्जेन्डर ग्राहम्बेल ले १८७६ मा गरेका थिए। हुन त यसमा पनि विचार भिन्न भिन्न र दावा हुन सक्छन। एलिसा ग्रे र एन्तेनियो म्युक्सी को नाम पनि टेलिफोन निर्माताको रूपमा चलेको छ। यद्यपि यो जो कोहि ले राख्न सक्ने सहज यन्त्र भने थिएन। यसको विकासले निक्कै लामो समय लिएको थियो अहिलेको रूपमा आउन।पहुँच वालाको लागि भए पनि सर्बसाधारण को लागि थिएन। धेरै लामो समय पछाडी सन् १९९२ मा मोबाइल फोन को शुरुवात आइ बि एम कम्पनी ले गर्यो। १९९४ मा आउदा निकै फड्को मार्न सफल पनि भयो आइ बि एम कम्पनि र यसले व्यवसायिक उत्पादन शुरु गर्यो। त्यसबेला यसको नाम सिमोन पर्सनल कमुनिकेटर भनियो।

जब सन् २००० आइपुग्यो त्यस पछी भने टेलिफोन त्यस मद्धे पनि स्मार्ट फोनको निर्माणले निकै गतिलो फड्को लियो। अझ भन्नु पर्दा स्टिभ जब्सको योगदानले २००७ मा स्मार्ट फोनको युगले ठुलो छलांग मर्यो भन्दा हुन्छ। उनको आगमन पश्चात गरेको प्राबिधिक विकास तर्फ म धेरै जान्ने मानिस परिन तर एउटा उपभोक्ता को हैसयातले हेर्दा आइफोंन आएपछि भने थ्री जी, फोर जी आदि को विकास भयो। छरितो सहज स्क्रिन टच सुबिधा भएका फोन सेटहरु बजारमा आए। यसले हर भाषा बोल्ने हरेक क्षेत्रका सामान्य मानिस लाइ पनि आकर्षण गर्न सक्षम भयो भन्दा अतिशयोक्ति नहोला।  

यसको उपयोग कसले कसरि गरेको छ :-

यसको उपयोगको हिसाबले हेर्दा सामान्यतया संचारको निमित्त वा मोबाइल मा कुरा गर्ने बाहेक फोटो खिच्ने, समय हेर्ने घडीको काम, डकुमेन्ट स्क्यान गर्ने, इमेल पठाउने लगायत माथि उल्लेखित गरिएका काम बाहेक आज काल त अमेरिकामा बसेकाको सन्तान जन्ममा न्वारान गराउने तिथि चाडबाडमा पूजा पाठ स्वस्ती शान्ति सबै स्मार्ट फोन को मध्यम बाट हुने गरेको छ। बजे नेपालमा अनि जजमान अमेरिका वा वेलायत। यसको बहुउपयोगी गुण छ।

साथ साथ् मा दुरुपयोग गर्ने काम पनि भएको छ। मोवाइल मान्छे ठग्ने भाँडो मात्र बनेको छैन यसैमा निर्लिप्त भएर धेरै मान्छे ले सामाजिक सम्बन्ध नै बिगारेका घटना पनि छन्। मान्छे एकदम हतारमा आएको छ उसले भने एकै छिन है भनेर अवेर सम्म कुराएको घटना पनी थुप्रै छ। त्यस्तै मोबाइललाई कहिले त ढाँटको भाँडो भन्न मन लाग्छ। एकदुई उदाहरण हेर्दा तपाइँ पनि अचम्मित हुनु होला अथवा भुक्तभोगी हुनुहोला। मैले धेरै पटक चावहील बाट एयरपोर्ट तिर यात्रा गर्दै गरेको मान्छेले फोन आउँदा अहिले म बनेपा छु भनेको, कसैले अहिले म गजुरी छु भनेको सुनेको छु। प्याराप्यारीहरुले त एकातिर आफ्नो जोडा जोडीको गाला जोडेर गफ मारिरहेका हुन्छन अनि घर बाट बा-आमाको फोन आउँदा मेरो क्लास सकिने बित्तिकै आउंछु भन्ने। पार्कहरुमा घुमिरहेकाले वा सिनेमा हल मा टिकेट पर्खेर बसेकाले म साथी बिरामी भएर हस्पिटल आएको छु साथिलाई घर छाडेर छिटै फर्कन्छु भन्ने हुन्छन। अझ पैसाको कारोबार छ भने त अनेक बहाना बाजी बनाउने गरेको सजिलै देख्न वा थाहा पाउन सकिन्छ। तसर्थ राम्रो र नराम्रो दुवै किसिमले यसको प्रयोग भएको देखिएको छ। अझ कहिँकतै त बाटामा हिड्दै गर्दा मोबाइलको प्रयोग गर्नाले ठुलो ठुलो दुर्घटना हुने र दुवै तर्फ नोक्सान पुगेको देख्न र सुन्न परेको छ। सवारी चालकले मोबाइल चलाएर सवारी चलाउदा त्यस्तै दुर्घटना हुने सम्भावना बढ्छ।

संक्षेपमा:-

समग्रमा भन्दा मोबाइल को सदुपयोग गरिएमा यो मानिसको निकै सहयोगी साथी भएको छ नै। तर यसको उपयुक्त प्रयोग नगरिएमा यसले धेरै दु:खद घटना पनि निम्त्याउन सक्छ। तसर्थ म के आह्वान गर्छु भने घरका अभिभावक र विद्यालयका शिक्षकले यसको कुन कुन पक्ष राम्रो कुन कुन पक्ष नराम्रो अनि कसरि उपयोग गर्ने भन्ने बारे बारम्बार जानकारी दिनु पर्दछ। त्यस्तै चालक अनुमति पत्र बाँड्नु अगाडी चालकलाई मोबाइलको उपयोग बारे सहि शिक्षा दिनु पर्छ सरोकारवाला निकायले र अनि गल्ती भएमा राम्रै संग जरिवाना गर्ने कानुनी प्रावधान राखी लागू हुनु पर्छ जसरी विकसित मुलुकमा व्यवस्था गरिएको छ। अन्तमा यसको सतत् उपयोग गरौँ। धेरै भन्दा धेरै ज्ञान हासिल गरौँ । मोबाइल बाट सुरक्षाको साथ् फाइदा लिन सकौं। यहि मेरो कामना छ।   

सिनामंगल, काठमाडौँ। हाल:- अमेरिका

(सुझावको लागि: [email protected])

लेखकबाट थप:-

 

प्रकाशित : २०७७ साउन ६ गते १३:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI