शाहरुखले ‘मन्‍नत’ लाई किन ओढाए प्लास्टिक ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते १५:५४
शाहरुखले ‘मन्‍नत’ लाई किन ओढाए प्लास्टिक ?

एजेन्सी । अहिले अभिनेता शाहरुखको प्लास्टिकले सिल गरेको बंगला ‘मन्नत’ को तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पुरै घर नै प्लास्टिकले सिल गरेपछि कोरोनाबाट बच्न उनले त्यसो गरेका हुन् भन्ने आकलन गर्न थालिएको छ । 

यद्यपि शाहरुखले आफ्नो घर प्लास्टिकले कभर गर्नुको कारण कोरोना भाइरस नभएको भारतीय मिडियाले बताएका छन् । 

खबरअनुसार वर्षाबाट घरलाई बचाउन माथिदेखि तलसम्म पुरै सेतो प्लास्टिकले छोपेका हुन् । शाहरुखका एक नजिकका व्यक्तिले मिडियालाई यो सत्यबारे जानकारी दिएका हुन् । उनका अनुसार हरेक वर्ष मनसुनमा शाहरुखले घरलाई पानीबाट बचाउन यस्तै गर्ने भएकाले यो कोरोनाबाट बच्न नभएको उनले पुष्टि गरेका हुन् । 

शाहरुखको घर समुद्र किनारामा भएको हुनाले ‘ह्युमिडिटी’ को धेरै प्रभाव पर्ने भएकाले हरेक वर्षको मनसुनमा घरलाई पानीबाट बचाउने गर्छन् । शाहरुखले ‘मन्नत’ सन् २००१ मा १३ करोेड ३२ लाखमा किनेका थिए । उनको बंगलाको वरिपरि थुप्रै वरिष्ठ व्यक्तिहरुको घर छ । (नवभारत टाइम्स)

प्रकाशित : २०७७ साउन ६ गते १५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI