नाइजेरियाबाट एक नेपालीको प्रधानमन्त्रीलाई खुला पत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते १६:५४
लेखक:- तुल्सीराम भण्डारी

राजनीतिक यात्रा थाल्दा नागरिक मुक्तिको कसम खाएका ओलीको कोरोना महामारी र देशभक्तिले परीक्षा लिइरहेको छ। कालापानीको पुरानो विस्तारवादी रोगबाट देशलाई मुक्त गर्ने कार्यभार ओलीलाई यतिबेला नै थपिएको छ। अतिक्रमित भूमि समेटेर नेपालको नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई हटाउन सबै प्रकारका अस्त्रहरु प्रयोग गर्दै आईएको छ। यो समय पार्टीका नेताहरुले भने जस्तै सरकारका जे जस्ता कमी कमजोरी भए पनि पार्टीले सरकारलाई सघाउनु पर्ने हो।

पार्टी र सरकार समन्वय गरेर मुलुकमा उत्पन्न प्रतिकूल अवस्थालाई चिर्दै अघि बढ्नु पर्ने हो। पार्टी र सरकार दुवै मिलेरै कोरनाले सिर्जित अवस्थाको सामना गर्नु पर्ने हो। तर, विडम्वना पार्टी भित्रैबाट सरकारलाई चलमलाउन समेत नदिने गरी हातखुट्टा बाध्ने काम भैराखेको छ। उल्टै प्रधानमन्त्रीको एकोहोरो राजीनामा माग्ने काम भैराखेको छ। जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको देशलाई फेरी एकपटक अस्थिरताको अन्तहिन गन्तव्यतर्फ धकेल्नु नै हो।

स्थायी कमिटीको बैठकले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट उनलाई हटाउने कोशिस गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको भावना विपरित पनि हो। प्रधानमन्त्री ले भगवान राम भारतमा नभएर नेपालमै जन्मिएको कुरा सार्वजनिक गरेपछि एक थरि जमातलाई ज्वरो आएको छ। देशको प्रधानमन्त्रीले यस्तो कुरा बोल्न हुँदैन थियो भन्दै भारतीय जनता भन्दा चार हातमाथि उफ्रिएर प्रधानमन्त्री ओलीको विरोधमा समाजिक संजालका वालहरु पोतिरहेका छन्।

प्रधानमन्त्रीले राम नेपाल जन्मिएको कुरा गरेर ठूलै अपराध गरे झै एक थरि जमातले कोलाहल मच्चाईरहेका छन्। हेर्दै जानु कुनै दिन यो जमातले प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्ने जुन अभियान चाल्दै आएका छन, त्यसको पनि विरोध गरेमा अच्चम मान्नु पर्दैन्।

कसलाई थाह छैन र अहिले पार्टी भित्र र वाहिरबाट प्रधानमन्त्रीलाई घेराबन्दी गर्नु र राजीनामाका लागि दबाब सिर्जना गर्नु भनेको यो वा त्यो कारणले उनले भूमि फिर्ताका लागि चालेको अभियानलाई असफल पार्नु हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय मंचमा मे भगवान वुद्धके देश से आया हुँ भन्दा नरेन्द्र मोदीको विरुद्ध चू नबोल्ने यो जमात अहिले प्रधानमन्त्रीको विरुद्ध किन खनिरहेका छन? नेपाली जनता सबैलाई थाह छ। प्रधानमन्त्रीले भगवान राम नेपालमै जन्मिएका हुन र हामी भारतीयहरु बाट सबै ठाँउबाट मिचिएका छौँ भन्नू के गल्ती हाे त?यसाे भन्दा यि सबैलाई किन टाउको दुःखेको छ? प्रधानमन्त्रीले पटक–पटक देशको हितमा, पक्षमा बोल्दा र अडान लिदा यो जमात किन सधै रुवावासी गर्दै छट्टपटाउँछ? उता, एक पटक होइन, पटक–पटक प्रधानमन्त्रीले सरकार संचालन गरेको शूरुवाती दिनदेखि नै पार्टीभित्र सरकारलाई असहयोग गर्दै आएको कुरा घामजतिकै छर्लङ छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट उनलाई हटाउन पहिलेदेखि खेलिदैं आएको गुप्तखेलहरु अहिले आएर प्रकटरुपमा नै देखिएको छ।

प्रधानमन्त्री एकलौटी ढंगले चलेको, पार्टीको संस्थागत निर्णय अनुसार नहिडेको लगायतका मुद्धाहरु उठाएर उनीमाथि जारी पार्टीको स्थायी समितिको बैठकमा निर्मम अक्रमण गरिएको छ। प्रधानमन्त्री केपी ओलीलाई सरकार चलाउन पाँच वर्षका लागि जनताले जनादेश दिएको हो। प्रधानमन्त्रीका रुपमा उनी सफल वा असफल भनेर केरकार गर्ने अधिकार पनि तिनै जनता कै हो। त्यसैले पार्टीको स्थायी कमिटीको बैठकमा अंक गणितका जोडघटाउको खेल खल्दै प्रधानमन्त्रीको राजीनामा माग्नु जनादेश विपरीतको माग हो। त्यसो गर्नु भनेको नेपाली जनताले दिएको जनादेशमाथिको घोर अपमान पनि हो। त्यो लोकतान्त्रिक चरित्र र संस्कार हुँदै होइन।

भारतले वर्षौँ पहिलेदेखि मिच्दै आएको भूमी फिर्ता ल्याउने प्रकृया अघि बढाईरहेका प्रधानमन्त्रीलाई, यो वा त्यो वहानामा पदच्यूत गर्न खोज्नुको भित्री नियत के हो? प्रधानमन्त्रीको राजीनामा माग गर्दै ताली ठोक्ने नेताहरुले यसको जवाफ दिन पर्छ कि पर्दैन? हो, प्रधानमन्त्रीका पनि कमी र कमजोरी छन् होलान्, त्यो उनले पनि सच्याएर अघि बढ्नु पर्छ।

पार्टी विधि र विधान अनरुप संस्थागत हिसावले अघि बढ्नुपर्छ, यसमा दुई मत छैन् । सरकार पनि पार्टीले भने अनुरुप चल्नु पर्छ। अहिले विश्व आतङ्कित छ भिन्न भिन्न नकारात्मक समाचार र काेराेनालाे र सँगै नेपाल आत‌ंङ्कित छ कोरोना र बाढि पहिरोले अर्कातिर भारतीय सञ्चार माध्यम।

यो समय हामी सबै कोराना, बाढि पहिरो र भारतीय सञ्चार माध्यम विरुद्ध लड्नु पर्ने हो । दिल्ली र दरबारका कसिङ्गर बनेर जातीयताको दङ्गा बाट सिक्किम बन्न नदिने वली तिमीलाई लाखौँ युवाकाे साथ छ। नाकाबन्दी विरुद्ध लडेर चिन सङ्ग ब्यापार तथा पारबाहन सम्झौता गरेर भारतको एकाधिकार खोस्ने ओली तिमिलाई सलाम।

सुशासन, समृद्धि हासिल गर्ने गतिशिलता र पार्टी एकीकरणका बाँकी कार्यलाई यथासक्य चाँडो सम्पन्न होस् भन्ने कामनासहित पन्चवर्षे कार्यकालकाे शुभकामना।

रूपाकोट गुल्मी, हाल: नाईजेरिया

प्रकाशित : २०७७ साउन ६ गते १६:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI