साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ६ गते १९:४०
साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन । 

यस्तै ट्रेकिङ  र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ । 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । 

यस्तै भदौ १ देखि  छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । 

यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ । 

प्रकाशित : २०७७ साउन ६ गते १९:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI