आज कहाँ कहाँ होला भारी वर्षा ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ७ गते ९:०४
आज कहाँ कहाँ होला भारी वर्षा ?

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर सामान्यदेखि भारी वर्षा हुने अनुमान गरेको छ। 

हाल प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुदा ति क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।

बुधबार तीन दिनको मौसमबारे जानकारी दिँदै देशका सबै प्रदेशको मौसममा बद्ली आई केहि क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

यस्तो छ तीन दिनको मौसम 

बुधबार

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केही स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना छ। देशभर कतै हल्का र कतै भारी वर्षा हुनेछ।

बिहीबार

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना छ।

राति :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका थोृरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।


राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित : २०७७ साउन ७ गते ९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI