नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ७ गते ९:३०
नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो ।

ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८:४५ बजे पहिरो खसेको हो ।

चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४:३० बजे एकतर्फी खुलाइएको थियो ।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए ।

उनीहरू सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका थिए ।

राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ साउन ७ गते ९:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI