No ads found for this position

नवलपुरमा थप ६३ जना कोरोना संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ७ गते ९:४७
No ads found for this position
नवलपुरमा थप ६३ जना कोरोना संक्रमणमुक्त
No ads found for this position

रजहर । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालबाट आज ६३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छ्न ।

आज डिस्चार्ज हुनेहरुमा गैंडाकोट नगरपालिकाका ११ पुरुष र २ महिला, देवचुलि नगरपालिकाका ८ पुरुष र १ महिला, कावासोती नगरपालिकाका ८ पुरुष र १ महिला, मध्यविन्दु नगरपालिकाका ८ पुरुष र १ महिला, बुलिङ्गाटार गाउँपालिकाका १२ पुरुष, बौदिकाली गाउँपालिकाका ४ पुरुष ,हुप्सेकोट गाउँपालिकाका ५ पुरुष र विनयी त्रिवेणि गाउँपालिकाका २ पुरुष गरि जम्मा ६३ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमण मुक्तहुनेको संख्या २ सय २० पुगेको छ ।

प्रकाशित : २०७७ साउन ७ गते ९:४७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI