No ads found for this position

नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४१ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ७ गते १०:१४
No ads found for this position
नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४१ पुग्यो
No ads found for this position

विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड–१९ बाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६० वर्षीय एक पुरुषको कोभिड १९ का कारण मंगलबार राति निधन भएको छ । महोत्तरी गाउँपालिका वडा नम्बर ३ मोरईका ती बिरामीमा कोरोना संक्रमण रहेको तीन दिन अघि पत्ता लागेको थियो ।

गम्भीर अवस्थामा भर्ना भएका उनको आइसियुमा उपचार गर्दा गर्दा निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
नेपालमा हालसम्म १७९९४ जना व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् भने १२४७७ व्यक्ति निको भएका छन् ।

प्रकाशित : २०७७ साउन ७ गते १०:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI