एक सय कोरोना संक्रमित थपिए, २ सय ७ जना निको भए

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ७ गते १७:२६
एक सय कोरोना संक्रमित थपिए, २ सय ७ जना निको भए

नेपालमा कोरोना भाइरस संक्रमणदर घट्दो क्रममा छ। बुधबार देशभर एक सय जनामा कोरोना पोजेटिभ देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज एक सय जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्। पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। 

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या १८ हजार ९४ जनामा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म १२ हजार ६ सय ८४ जना संक्रमणबाट निको भएका छन्। आज मात्रै २ सय ७ जना कोरोना जितेर घर फर्किएका छन्।

प्रकाशित : २०७७ साउन ७ गते १७:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI