स्वास्थ्य मन्त्री ढकालमाथि छानबिन माग गर्दै अख्तियारमा उजुरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ७ गते १७:५३
स्वास्थ्य मन्त्री ढकालमाथि छानबिन माग गर्दै  अख्तियारमा उजुरी

काठमाडौ । इनफ इज इनफका अभियन्ताहरूले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायत स्वास्थ्य मन्त्रालयका अधिकारीमाथि छानबिन माग गर्दै  अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

अभियन्ताहरू बुधबार दिउँसो आयोग कार्यालयमा गएर आरडिटी पिसिआर किट  खरिदलगायतमा  अनियमितता भएको भन्दै उनीहरूमाथि छानबिन थाल्न उजुरी दिएका हुन्।  

इनफ इज इनफका अभियन्ताहरुले आज स्वास्थ्य मन्त्रालय मा सुचनाको हक प्रयोग गरि कोभिड १९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्च को विवरण माग गरेका छन्।

अभियन्ताहरूले ओम्नी कम्पनीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुल हरि सिंह भुसाल र उनको सम्बन्ध देखिएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य विभाग प्रमुक महेन्द्र श्रेष्ठमाथि पनि छानबिन गर्न माग गरेका छन्।

प्रकाशित : २०७७ साउन ७ गते १७:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI