बाढी पूर्वानुमान : बिहीबार कहाँ–कहाँ छ जोखिम ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ८ गते ९:०४
बाढी पूर्वानुमान : बिहीबार कहाँ–कहाँ छ जोखिम ?
फाईल तस्बिर

बिहीबार बिहानको मापनअनुसार कन्काई? कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, नारायणी र यसका सहायक नदीमा भने बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाको भनाइ छ । कालीगण्डकीमा बहाव सतर्कता आसपास रहेको छ ।

आज नारायणी र यसका केहि सहायक नदीमा बहाव केहि बढ्ने तथा अन्य सबै प्रमुख र मझौला नदीमा बहाव केहि घटबढ हुने महाशाखाको पूर्वानुमान छ । आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती, बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना न्यून रहको  छ ।

हेर्नुहोस् आगामी तीन दिनका लागि पूर्वानुमानः

प्रकाशित : २०७७ साउन ८ गते ९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI